कोभिड‑१९ को भाइरस सतहमा कतिसम्म बाँच्नसक्छ ?
न्यू इङ्ग्लयान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार कोभिड‑१९ निम्त्याउने सार्स‑कोभ‑२ भाइरस हावा र सतहमा केहि घण्टादेखि केहि दिनसम्म बाँच्नसक्छ।
....
न्यू इङ्ग्लयान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार कोभिड‑१९ निम्त्याउने सार्स‑कोभ‑२ भाइरस हावा र सतहमा केहि घण्टादेखि केहि दिनसम्म बाँच्नसक्छ।
अध्ययन अनुसार भाइरस प्लास्टिकको सतहमा ७२ घण्टासम्म, स्टेनलेस स्टिलमा ४८ घण्टासम्म, कार्डबोर्डमा २४ घण्टासम्म र तामामा ४ घण्टासम्म बाँच्नसक्छ। हावामा पनि तीन घण्टासम्म भाइरस बाँच्नसक्छ।
जोन्स होप्किन्स स्कूल अफ मेडिसिनले वर्षौं लगाएर कोरोनाभाइरसको आधारभूत जीवविज्ञान अध्ययन गरेको छ। क्यारोलाइन म्याकमेर त्यहाँ कार्यरत सेल बायोलोजीका प्राध्यापक हुन्। अध्ययनको नतिजाबारे जोन्स होप्किन्समै एमपिएचरएमबिए अध्ययन गरिरहेका स्यामुअल भोल्किनले गरेको छोटो कुराकानीको सम्पादित अंश तल प्रस्तुत गरिएको छ।
भोल्किन प्रतिवेदन अनुसार कोभिड‑१९ को भाइरस सतहमा धेरै दिनसम्म बाँच्नसक्ने देखिन्छ। केहि दिनअघि संक्रमितले छोएको सतहमा छोएर संक्रमित हुने जोखिमलाई लिएर कतिको चिन्तित हुनुहुन्छ ?
म्याकमेरस् सञ्चारमाध्यम मात्रै नभएर जताततै कोरोनाभाइरस प्लास्टिकको सतहमा ७२ घण्टासम्म बाँच्नसक्छ भन्नेचर्चा चलेको छ। सुन्दा असाध्यै डर लाग्छ। भाइरसको कति परिमाण बाँकी छ, त्यो महत्त्वपूर्ण हुन्छ। सुरूमा भएकोभन्दा ०.१ प्रतिशतभन्दा कम हुन्छ। सैद्धान्तिक रूपमा संक्रमण सम्भव छ तर केहि दिनपछि बाँकी हुने भाइरसको परिमाण हेर्दा सम्भावना कम छ। यो थाहा पाउनुपर्ने विषय हो।
न्यू इङ्ग्ल्यान्ड जर्नल अफ मेडसिनले कोभिड भाइरस हावामा तीन घण्टासम्म रहने देखाएको छ। अध्ययनमा एरोसोल प्रयोग गरिएको छ। श्वासप्रश्वासका छिटाहरू जमिनमा एरोसोलभन्दा छिटो झर्छन्।प्रयोगशामा प्रयोग गरिएका एरोसोल हामीले खोक्दा वा हाँछ्यु गर्दा निस्कने छिटाभन्दा साना हुन्छन्। त्यसैले प्राकृतिक रूपमा एरोसोल हावामा बढि रहन्छन्। गह्रौं कण त्योभन्दा चाँडो भुइँमा झर्छ।
कोभिड‑१९ को भाइरस सतहमा बाँच्नसक्छ भन्ने थाहा पाएपछि आफूलाई सुरक्षित राख्ने सर्वोत्तम उपाय के हो ?
सतहभन्दा संक्रमित व्यक्तिको छेउमा बसे संक्रमण छिटो हुने सम्भावना बढि हुन्छ। डिस्इन्फेक्टेन्ट वा साबुनले सतह धुनु सबैभन्दा प्रभावकारी हुन्छ।
सिडिसिले अन्य उपाय पनि सुझाव दिएको छ ?
- धेरै व्यक्तिको सम्पर्कमा आउने सतह सफा गर्ने र डिस्इन्फेक्ट गर्ने। जस्तै : टेबल, ह्यान्डल, डेस्क, फोन, किबोर्ड, शौचालय, सिङ्क आदि। सार्वजनिक स्थलमा धेरैले प्रयोग गर्ने सतहको प्रयोगबाट टाढै रहनुहोस्।
- बैंक वा किराना पसलजस्ता सार्वजनिक स्थलबाट फर्किएपछि तुरून्तै साबुनपानीद्ये कम्तिमा २० सेकेन्डसम्म हात धुनुहोस्।
- सार्वजनिक स्थलमा अन्य व्यक्तिबाट कम्तिमा ६ फिटको दुरी राख्नुहोस्।
- महत्त्वपूर्ण : बिरामी भए घरै बस्नुहोस्। डाक्टरसँग सम्पर्क गर्नुहोस्
गर्मी बढैसँगै भाइरस बाँच्दैन भन्ने धेरै हल्ला चलेको छ। के यो सत्य होरु सतहा कोभिड‑१९ भाइरस बाँच्ने सम्भावना मौसम वा घरभित्रको तापक्रमले फरक पार्छ ?
अहिलेसम्म त्यस्तो कुनै प्रमाण भेटिएको छैन। गर्मी वा जाडोमा भाइरस बाँच्छ‑बाँच्दैन भनेर अध्ययन गरिएको छैद्द। तर न्यू इङ्ग्ल्यान्ड जर्नल अफ मेडिसिनले २१‑२३ डिग्री सेल्सियस तापक्रममा अध्ययन गरेको हो।
कोभिड‑१९ भाइरस र अन्य कोरोनाभाइरसबीच के अन्तर छरु यति धेरै संक्रमण किन भएको हो ?
संक्रमण र पुनरावृत्ति (रेप्लिकेसन) को आधारभूत संयन्त्रमा सार्स‑कोभ‑२ श्वासप्रश्वासको कोरोनाभाइरसजस्तो व्यवहार गर्छ। तर धेरै म्युटेसनले यसलाई बढि संक्रामक बनाउँछ।
न्यू इङ्ग्ल्यान्ड जर्नल अफ मेडिसिनले सार्स‑कोभ‑२ सन् २००२‑२००३ मा विश्वयापी सार्स महामारी निम्त्याउने सार्स‑कोभ‑१ जस्तै भएको देखाएको छ। तर बिना कुनै लक्षण सार्स‑कोभ‑२ व्यक्तिमा बस्नसक्ने भएकाले भाइरस चाँडै सर्ने सम्भावना पनि हुन्छ।
जोन्स हप्किन्स युनिभर्सिटी











