विश्वका २ सय ५ देशमा कोरोना फैलियो, मृतकको संख्या ६० हजार नजिक
काठमाडौं, चैत्र २२ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ । यो संक्रमणबाट ५९ हजार १४० जनाले ज्यान ....

काठमाडौं, चैत्र २२ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ । यो संक्रमणबाट ५९ हजार १४० जनाले ज्यान गुमाएका छन् ।
संक्रमतिमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएर घर फर्किएको सुखद खबर छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २०५ देशमा पुगेको छ । यसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा अहिलेसम्म २ लाख ७६ हजार ९६५ जना संक्रमित छन् ।
अमेरिकामा बितेको २४ घण्टामा ३२ हजार ८८ जना संक्रमित थपिएका छन् । त्यस्तै ज्यान गुमाउनेको संख्या ७ हजार ३९१ पुगेको छ । इटालीमा १ लाख १९ हजार ८२७ संक्रमित छन् । सबैभन्दा धेरै मृत्यु भएको इटालीमा अहिलेसम्म १४ हजार ६८१ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै स्पेनमा ११ हजार १९८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ लाख १९ हजार १९९ छ । जर्मनीमा ९१ हजार १५९ जनामा संक्रमण देखिएको छ । १ हजार २७५ जना को मृत्यु भएको छ ।












