सबै विधा समृद्ध भए मात्र मुलुकको समृद्धि सम्भव हुन्छ : मन्त्री उप्रेती
मुलुकलाई समृद्ध बनाएर समृद्ध मुलुकबाट पाउने पारिश्रमिक आफ्नै जीवनमा पाएर विकासको अनुभुति गर्दै देशलाई बनाउने यही हात हो भनेर प्रमाणित गर्न सकिने उनले बताए।
काठमाडौं, असार १० : रक्षा मन्त्री हरि उप्रेतीले सबै विधा समृद्ध नभईकन मुलुकलाई अगाडि बढाउन नसकिने बताएका छन्।
१२औं नेपाल अफ्रिकन फिल्म फेस्टिभल समापन कार्यक्रममा उनले सबै विधा समृद्ध नभईकन र मुलुकलाई अगाडि बढाउने प्रतिवद्धता निष्ठा नभईकन मुलुक अगाडि बढ्न नसक्ने भन्दै सबै क्षेत्रको समृद्धि जरुरी रहेको बताए।
उनले अबको १० वर्षमा विकसित देशको तुलनामा पुग्ने र देशका जनता विकसित देशका जनता बराबरमा पुग्ने समेत दाबी गरे।
मुलुकलाई समृद्ध बनाएर समृद्ध मुलुकबाट पाउने पारिश्रमिक आफ्नै जीवनमा पाएर विकासको अनुभुति गर्दै देशलाई बनाउने यही हात हो भनेर प्रमाणित गर्न सकिने उनले बताए।
‘यो देश १० वर्षमा विकसित देशको तुलनामा पुग्छ र यो देशका जनता विकसित देशका जनता बराबर हुन्छन् । यो भावी सन्ततिको लागि भन्नै पर्दैन,’ उनले भने, ‘यो मुलुकलाई समृद्ध बनाईकन त्यो समृद्ध मुलुकबाट पाउने पारिश्रमिक हामीले हाम्रो आफ्नै जीवनमा पाएर विकासको अनुभुति गर्न हामी जान सक्छौं।’
मन्त्री उप्रेतीले कलाकारितालाई र संस्कृतिलाई जीवन्त राख्न सबै जुट्नुपर्ने आवश्यकतालाई औँल्याए।












