न्याम्सका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन- बिरामीको उपचारमा कमी नहोस्
काठमाडाैं, चैत २१ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रति....

काठमाडाैं, चैत २१ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिएका छन्।
शुक्रबार न्याम्सका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर मन्त्री ढकालले कोरोना भाइरसको उपचार तयारीबारे जानकारी लिने क्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन निर्देशन दिएका हुन्।
मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका निम्ति सरकारले कुनै कसर बाँकी नराखेको भन्दै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भइसकेको बताए। उनले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।
मन्त्री ढकालले बिरामीको उपचार पनि बढाउन र अन्य अस्पतालसँगको सहकार्यमा समेत बिरामीको उपचार गर्न गराउन निर्देशन दिए।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकाका उपकुलपति डा. देवनारायण शाहले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाई कुनै पनि किसिमको असुबिधा हुन नदिने बताएका थिए।
वीर अस्पतालका कार्यकारी निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारेमा बताउँदै सोमबारबाट कोरोनाको नुमना परीक्षण समेत हुने जानकारी दिएका थिए।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
