ट्रम्पको दोस्रो पटक कोरोना परीक्षण, रिर्पोट नेगेटिभ
वासिङ्टन, चैत २१ : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको ह्वाइट हाउसले ज....

वासिङ्टन, चैत २१ : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको ह्वाइट हाउसले जनाएको छ।
ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक गरिएको राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जानकारी दिए। उनले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तिब्र परीक्षण प्रविधि प्रयोग गरिएको बताए।
फिचिसियन कोन्लेले राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको जानकारी दिए।
कोरोनाभाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको बताए। यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरुलाई अरु बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो।
कोरोनाभाइरसको कारण अमेरिकामा ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन्।












