Kathmandu Press

६ क्विन्टल गाँजासहित एक जना पक्राउ

उदयपुरको कटारी स्थाई घर भई हाल हरिहरपुरगढी ७ स्थित चिसापनी बस्दै आएका ४६ वर्षीयाकुमार पाख्रिन ६ क्विन्टल १५ किलो गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
६ क्विन्टल गाँजासहित एक जना पक्राउ

सिन्धुली, असार ९ : सिन्धुलीको हरिहरपुगढी गाउँपालिका–७ चिसापनीमा ठूलो परिणामको गाँजासहित एक जना पक्राउ परेका छन्।

उदयपुरको कटारी स्थाई घर भई हाल हरिहरपुरगढी ७ स्थित चिसापनी बस्दै आएका ४६ वर्षीयाकुमार पाख्रिन ६ क्विन्टल १५ किलो गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सोही ठाउँमा बसोबास गर्ने थोले ब्लोनका गोठमा लुकाई राखेको गाँजा विशेष सूचनाका आधारमा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:२५ बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्