जाजरकोटमा खोलाले बगाउँदा एक शिक्षकको मृत्यु
शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिए।काठमाडौं, असार ९ : भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ ।
शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिए। मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक रहेका थिए ।
बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिए ।
प्रकाशित मिति: ०८:५७ बजे, आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सगुन दिएर प्रधानमन्त्री ओलीलाई ज्यापु दिवसमा बाेलाइयाेबुधबार, मंसिर १२, २०८१
एनपिएल खेल्न कर्णालीका वाल्टन र बाबर काठमाडौंमाबुधबार, मंसिर १२, २०८१
दुई लगतार घटेको सुनको मूल्य बुधबार बढ्योबुधबार, मंसिर १२, २०८१
१५ मिनेटमा ३ गोल खाएपछि फियनूर्डसँग रोकियो सिटीबुधबार, मंसिर १२, २०८१