कोरोनाबाट संक्रमित पाँचै जनाको स्वास्थ्य स्थिति सामान्य : स्वास्थ्य मन्त्रालय
काठमाडौं, चैत २१ : कोरोना भाइरसबाट संक्रमित भएर उपचाररत पाँचै जना बिरामीको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। <....

काठमाडौं, चैत २१ : कोरोना भाइरसबाट संक्रमित भएर उपचाररत पाँचै जना बिरामीको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाबाट संक्रमित पाँचै जनाको स्वास्थ्य सामान्य रहेको जानकारी दिएका हुन्।
‘कोरोनाबाट संक्रमित पाँच जनाकै स्वास्थ्य सामान्य छ,’ उनले भने।
कोरोनाबाट संक्रमितमध्ये दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, दुई जनाको बागलुङ र एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको उनले बताए।
प्रकाशित मिति: १६:३० बजे, शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











