Kathmandu Press

अमेरिकामाथि वेस्टइन्डिजको सहज जित, सेमिफाइलन सम्भावना जिवितै

ब्रिजटाउनमा भएको खेलमा वेस्टइन्डिजले अमेरिकामाथि ९ विकेटको फराकिलो जित निकाल्यो।
अमेरिकामाथि वेस्टइन्डिजको सहज जित, सेमिफाइलन सम्भावना जिवितै

काठमाडाैं, असार ८ : जारी टि–२० विश्वकपको सुपर ८मा आयोजक वेस्टइन्डिजले पहिलो जित निकालेको छ। ब्रिजटाउनमा भएको खेलमा वेस्टइन्डिजले अमेरिकामाथि ९ विकेटको फराकिलो जित निकाल्यो।

अमेरिकाले दिएको १२८ रनको वेस्टइन्डिजले १०.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। उसका लािग सेइ होपले ८२ रनको उत्कृष्ट इनिङ खेले। उनले ३९ बलमा ४ चौका र ८ छक्का प्रहार गरे। यस्तै, निकोलस पुरनले २७ र जोन्सन चाल्सीले १५ रन बनायो।

Hardik ivf

बलिङमा अमेरिका लागि एकमात्र विकेट हर्मप्रित सिंहले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको अमेरिका १९.५ ओभरमा अलआउट भयो। उसका लागि आन्द्रियस गोसले १६ बलमा सर्वाधिक २९ रन बनाए। यस्तै, नितिश कुमारले २०, मलिन्दकुमारले १९ र साड्ली भान सचवाल्किकले १८ रन बनाए।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा रोस्टन चेस र आन्द्रे रसेलले समान ३ विकेट लिए भने अल्जारी जोसेफले २ विकेट लिए।

यो फराकिलो जितसँगै वेस्टइन्डिजको सेमिफाइनल सम्भावना कायमै छ। अब उसले अन्तिम खेलमा दक्षिण अफ्रिकासँग खेल्ने छ। यो खेलमा जित निकाल्न सके ऊ सेमिफाइनल पुग्न छ। यदि पराजित भएपनि उसको सम्भावना कायम रहन्छ। त्यसमा रनरेटको भूमिका हरन्छ।

प्रकाशित मिति: ११:०५ बजे, शनिबार, असार ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्