Kathmandu Press

फ्रान्स र नेदरल्यान्ड्सले अंक बाँडे, अस्ट्रिया विजयी

शुक्रबार राति जर्मनीको लाइपजिग रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
फ्रान्स र नेदरल्यान्ड्सले अंक बाँडे, अस्ट्रिया विजयी

काठमाडाैं, असार ८ : जारी युरोकपमा फ्रान्स र नेदरल्यान्ड्सले बराबरी खेलेका छन्। शुक्रबार राति जर्मनीको लाइपजिग रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।

जारी विश्वकपको यो पहिलो गोलरहित बराबरी हो। खेलमा फ्रान्सले दबाब बनाएको थियो। तर, केही राम्रा अवसर गुमाउँदा गोल भने गर्न सकेन।

यता, ६९औं मिनेटमा नेदरल्यान्ड्सले गोल गर्यो। तर, सो गोल लामो छलफलपछि भारमार्फत रद्द भएको थियो।

Hardik ivf

यो बराबरीसँगै समूह डीमा दुवै टिमको समान ४अंक भएको छ। र, दुवै टिमको नकआउट सम्भावना बलियो बनेको छ।

यही समूहेका अर्को खेलमा अस्ट्रियाले पोल्यान्डमाथि ३–१ गोलको सहज जित निकाल्यो। अस्ट्रियाको जितमा जेनोट टुरनियर, क्रिस्टोफ बाउमगार्टनर र मार्को अर्नाउडोभिकले गोल गरे।

पोल्यान्डका लागि क्रिजस्टोफ पियाटेकले गरेको एकमात्र गोल सान्त्वनामा परिणत भयो ।

खेलको नवौँ मिनेटमा जेनोटको गोलबाट अस्ट्रियाले सुरुआती अग्रता लियो। तर, ३०औँ मिनेटमा क्रिजस्फोटले गोल गरेपछि पोल्यान्डले खेल १–१ को बराबरी अबस्थामा ल्याएको थियो।

६६औँ मिनेटमा क्रिस्टोफले गोल गरेपछि अस्ट्रिया खेलमा २–१ ले अघि बढ्यो। ७८औँ मिनेटमा अस्ट्रियाका लागि कप्तान मार्कोले गोल गर्दै ३–१ जित दिलाए।
जितसँगै दुई खेलबाट अस्ट्रियाले तीन अंक जोडेर तेस्रो स्थानमा छ। पोल्यान्ड अंकबिहीन छ।

त्यसैगरी समूह ‘ई’ को आफ्नो दोस्रो खेलमा युक्रेनले स्लोभाकियाविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको छ। युक्रेनको जितमा माइकोला शापारेन्को र रोमन यारेमचुकले गोल गर्दा स्लोभाकियाको लागि इभान श्रान्जले एक गोल फर्काए।

जितसँगै जारी यूरोकपमा युक्रेनले पहिलो जित हासिल गरेको छ । समूह ‘ई’ मा तीन अंकसहित युक्रेन दोस्रो स्थानमा उक्लिएको छ। युक्रेन पहिलो खेलमा रोमानियासँग ३–० ले पराजित भएको थियो भने स्लोभाकियाले बेल्जियमलाई १–० ले पराजित गरेको थियो।

प्रकाशित मिति: ०९:०५ बजे, शनिबार, असार ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्