Kathmandu Press

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अर्को सुनुवाई असार १६ मा

अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने बिषयमा न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले मुद्दा रिटमा सुनुवाइ चलिरहेको छ।
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अर्को सुनुवाई असार १६ मा

काठमाडौं, असार ७ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटमाथि सर्वोच्च अदालतमा अर्को सुनुवाई असार १६ गते हुने भएको छ।

सहकारीको रकम अपचलन प्रकरणमा लामिछानेलाई निलम्बन गरी छानविनको मागसहित सर्वोच्चमा रिट दायर भएको थियो। निलम्बन गरी छानविनका लागि रिटमा अन्तरिम आदेशको माग थियो।

Hardik ivf

अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने बिषयमा न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले मुद्दा रिटमा सुनुवाइ चलिरहेको छ। उक्त रिटलाई असार १६ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको छ।

शुक्रबार निवेदकका कानुन व्यवसायीले बहस सकाएका छन्। विपक्षीको तर्फबाट बहस बाँकी रहेपछि १६ असारका लागि सुनुवाई तय गरिएको हो।

प्रकाशित मिति: १७:५८ बजे, शुक्रबार, असार ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्