निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आव्हान
शुक्रबार बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
काठमाडौं, असार ७ : निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरिएका कृष्णमान प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय संसदीय सुनुवाइ समितिले गरेको छ।
शुक्रबार बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो।
प्रधान यसअघि नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए।
प्रकाशित मिति: १३:५५ बजे, शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











