Kathmandu Press

राजदूत नियुक्तीमा तीन दलबीच भागवण्डा मिलेपछि मन्त्रिपरिषद् बैठक बस्दै

भागवण्डा अनुसार नेकपा एमालेले ८, रास्वपाले २ र माओवादी केन्द्रले १ राजदूत लिने भित्री सहमति भएको छ।
राजदूत नियुक्तीमा तीन दलबीच भागवण्डा मिलेपछि मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, असार ७ : सत्तारुढ प्रमुख तीन दल नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विच राजदुतमा भागवण्डा मिलेपछि निर्णयका लागि आजै मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरिएको छ।

विभिन्न मुलुकका रिक्त ११ स्थानमा पठाउने राजदूतको बिषयमा विहीबार भागबन्डामा सहमति जुटेको जनाइएको छ।

Hardik ivf

आजको मन्त्रिपरिषद बैठकबाट केही मुलुकको राजदूत टुंगो लगाइने सम्भावना छ। स्रोतले जनाए अनुसार भागवण्डा अनुसार नेकपा एमालेले ८, रास्वपाले २ र माओवादी केन्द्रले १ राजदूत लिने भित्री सहमति भएको छ।

मन्त्रिपरिषद् बैठकले गत जेठ २४ गते भारत, अमेरिका, बेलायतलगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो।

प्रकाशित मिति: १४:०१ बजे, शुक्रबार, असार ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्