Kathmandu Press

अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसमा कडाई गर्दै अष्ट्रेलिया

यसले विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अष्ट्रेलियाको आफ्नो बसाइलाई केही समय लम्याउने रहरमा भने वाधा पर्ने छ। ‘भिसा हपिङ’ मा प्रतिबन्ध लगाउन यस्तो कदम चालिएको विभागले जनाएको छ।
अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसमा कडाई गर्दै अष्ट्रेलिया

सिड्नी, असार ७ : अष्ट्रेलियाले आफ्नो अध्यागमन व्यवस्थामा सुधार गर्ने नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिने प्रवन्धमा कडाई गर्ने भएको छ। पर्यटक भिसालाई विद्यार्थीमा परिवर्तन गर्ने नीति बन्द गर्ने त्यहाँको अध्यागमन विभागले जनाएको छ।

अष्ट्रेलियाको अध्यागमन विभागले गत हप्ता घोषणा गरेझैं यो नीति गत वर्ष जारी गरिएको माइग्रेसन रणनीतिको प्रमुख प्रतिबद्धता हो। यसलाई कार्यान्वयन गर्न थालिएको छ।

यसले विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अष्ट्रेलियाको आफ्नो बसाइलाई केही समय लम्याउने रहरमा भने वाधा पर्ने छ। ‘भिसा हपिङ’ मा प्रतिबन्ध लगाउन यस्तो कदम चालिएको विभागले जनाएको छ।

Hardik ivf

गत वर्षको मध्यदेखि यस वर्षको मे महिनासम्म पर्यटकबाट विद्यार्थी भिसामा परिणत हुन आवेदन दिनेको संख्या ३६ हजार पुगेको अवस्थामा यो कदम चालिएको हो।

‘अस्थायी स्नातक भिसावाहकहरूले ‘अनशोर’ विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने छैनन्’, विभागले भनेको छ।

‘हामीले विरासतमा पाएको माइग्रेसन प्रणाली पूर्ण रूपमा भत्किएको थियो, र हाम्रो लक्ष्य अष्ट्रेलियाका लागि काम गर्ने सानो, राम्रो योजनाबद्ध, थप रणनीतिक आप्रवासन प्रणाली निर्माण गर्ने हो,’ गृह मामिला र साइबर सुरक्षा मन्त्री क्लेयर ओनिलले आफ्नो वेबसाइटमा लेखेका छन्।

‘हाम्रो माइग्रेसन रणनीतिले अन्तर्राष्ट्रिय शिक्षामा रहेका कमीकमजोरीहरू बन्द गर्ने स्पष्ट योजनाको रूपरेखा प्रस्तुत गरेको छ र यो योजनालाई कार्यान्वयन गर्ने अर्को चरण हो। हामीलाई आवश्यक पर्ने सीपहरू प्रदान गर्ने तर लूपल्स र शोषणमा व्यापार नगर्ने माइग्रेसन प्रणाली चाहिन्छ’ मन्त्रीले भनेका छन्।

गत वर्षको अन्त्यदेखि, अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि भिसामा कडाइ गर्ने धेरै नीतिहरू ल्याएको छ। आगामी दुई वर्षभित्र आप्रवासीको संख्या हालको संख्याको आधामा झार्ने लक्ष्य राखिएको छ।

फेब्रुअरीमा अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसामा बस्ने समयलाई चारदेखि छ वर्षबाट घटाएर दुईदेखि चार वर्षमा पु¥यायो। भर्नाको जोखिम हेरेर विश्वविद्यालयहरूलाई पनि तीन समूहमा विभाजन गरिएको थियो।  

गत महिना अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि वित्तीय प्रमाण स्वरुप अष्ट्रेलियन डलर २९ हजार ७१० मा बढाएको छ, जुन पहिलेको तुलनामा२० प्रतिशत बढी हो। अष्ट्रेलिया विश्वको सबैभन्दा लोकप्रिय अध्ययन गन्तव्य मध्ये एक मानिन्छ।

अन्तर्राष्ट्रिय शिक्षा अष्ट्रेलियाको सबैभन्दा ठूलो निर्यात उद्योगहरू मध्ये एक हो। गत वर्ष यसको कूल आय अष्ट्रेलियन डलर ३६ दलशमल ४ अर्ब थियो। यस वर्षको सुरुदेखि मार्चको अन्त्यसम्म अष्ट्रेलियामा ७ लाख ४० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू थिए।

प्रकाशित मिति: १२:२८ बजे, शुक्रबार, असार ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्