प्याट कमिन्सको ह्याट्रिकमा अस्ट्रेलिया विजयी
नर्थ साउन्डमा शुक्रबार बिहान भएको वर्ष प्रभावित खेलमा प्याट कमिन्सको ह्याट्रिक मद्दतमा अस्ट्रेलियाले बंगलादेशलाई डकवर्थ लेविस मेथर्डमा २८ रनले हरायो।काठमाडाैं, असार ७ : जारी टि–२० विश्वकपको सुपर ८ मा अस्ट्रेलिया विजयी भएको छ। नर्थ साउन्डमा शुक्रबार बिहान भएको वर्ष प्रभावित खेलमा प्याट कमिन्सको ह्याट्रिक मद्दतमा अस्ट्रेलियाले बंगलादेशलाई डकवर्थ लेविस मेथर्डमा २८ रनले हरायो।
बंगलादेशले दिएको १४१ रनको लक्ष्प पछ्याएको अस्ट्रेलियाले ११.२ ओभर २ विकेटको क्षतिमा सय रन बनाएको अवस्थामा वर्षाले खेल अवरुद्ध भएपछि अस्ट्रेलिय डिएल मेर्डथका अधारमा विजयी भयो। अस्ट्रेलियाका लागि डेविड वार्नरले नटआउट अर्धशतक बनाए। उनले ३५ बलमा ५ चौका र ३ छक्का मद्दतमा ५३ रन बनाए।
यस्तै, त्रविस हेडले २१ बलमा ३ चौका र २ छक्का मद्दतमा ३१ रन बनाउँदा ग्लेन म्याक्सवेलले ६ बलमा १४ रन बनाए। बलिङमा बंगालादेशका रिसाद हुसैलेन २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिम १४० रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान नजमुल हुसैन सान्टोले ३६ बलमा ५ चौक र १ छक्का मद्दतमा सर्वाधिक ४१ रन बनाउँदा टोहिद हृदोयले २८ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ४० रन बनाए। अन्यले भने गतिलो योगदान दिन सकेनन्।
बंगलादेशलाई सस्तैमा रोक्ने क्रममा अस्ट्रेलियाका प्याट कमिन्सले ह्याट्रिक लिए। उनले १८औं ओभरको अन्तिम २ र २०औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक पुरा गरे। उनले १८औं ओभरको अन्तिम २ बलमा महमदुल्लाह र मेहदी हसन र २०औं ओभरको पहिलो बलमा हृदोयको विकेट लिएका थिए।
यो जारी विश्वकपको पहिलो ह्याट्रिक हो भने टि–२० विश्वकपको सातौं ह्याट्रिक हो। यो उपलब्धि अस्ट्रेलियाका ब्रेट ली, अयारल्यान्डका कर्टिस क्याम्पर र जोश लिटल, दक्षिण अफ्रिकाका कागिसो रबाडा, श्रीलंकाका वानिन्दु हसरंगा तथा युएईका कार्तिक मयप्पनले हासिल गरेका छन्।
कमिन्सबाहेक एडम जाम्पाले २ तथा मिचेल स्टार्क, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।