Kathmandu Press

‘गुट होइन, पार्टी बनाउनेतर्फ लाग्नुस्’

उनले भने, ‘कुनै खालको गुट बनाउने होइन, गुटले तल–तल झार्छ। पार्टी बनाउनतिर लाग्दा मान्छेको सम्मान बढ्दै जान्छ।’
‘गुट होइन, पार्टी बनाउनेतर्फ लाग्नुस्’

काठमाडौं, असार ७ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्तालाई पार्टी बनाउने तर्फ लाग्न आग्रन निर्देशन दिएका छन्।

राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेता कार्यकर्तालाई गुट बनाउन नलाग्न आग्रह गर्दै पार्टी बलाउन लाग्न निर्देशन दिए।

Hardik ivf

उनले भने, ‘कुनै खालको गुट बनाउने होइन, गुटले तल–तल झार्छ। पार्टी बनाउनतिर लाग्दा मान्छेको सम्मान बढ्दै जान्छ।’

यस्तै, प्रधानमन्त्री दाहालले जनयुद्ध, जनआन्दोलनका उपलब्धि रक्षा गर्दै देशलाई समाजवादको बाटोमा डोर्‍याउन आफू सक्रिय रहेको बताए।

अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताउँदै उनले पारिवारिक रुपमा सबैभन्दा अप्ठ्यारो परिस्थितिमा रहेपछि आफूले सक्रियता नछाडेको बताए। 

प्रकाशित मिति: ११:३३ बजे, शुक्रबार, असार ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्