युक्रेनको समर्थन गर्ने रुसी शिक्षकलाई २० वर्ष जेल
रुस र युक्रेनबीच युद्ध चलिरहेकोमा २७ वर्षीय शिक्षक डेनियल क्लियूकाले युक्रेनको पक्ष लिएको र आर्थिक सहयोग समेत पठाएको आरोपमा अदालतले ‘देशद्रोही’ ठहर गर्दै सजाय सुनाएको हो।मस्को, असार ७ : रुसको शैन्य अदालतले युक्रेनलाई समर्थन गरेको आरोपमा एक रुसी शिक्षकलाई २० वर्षको जेल सजाय सुनाएको छ।
रुस र युक्रेनबीच युद्ध चलिरहेकोमा २७ वर्षीय शिक्षक डेनियल क्लियूकाले युक्रेनको पक्ष लिएको र आर्थिक सहयोग समेत पठाएको आरोपमा अदालतले ‘देशद्रोही’ ठहर गर्दै सजाय सुनाएको हो।
रुसी अदालतले युक्रेनसँगको युद्धका क्रममा युक्रेनप्रति सहानुभूति देखाउनेहरुलाई समेत जेल सजाय गरेको छ।
रुसी सञ्चारमाध्यमहरुका अनुसार ती शिक्षकले युक्रेनी कोष ‘कम ब्याक अलाइभ’ मा २० हजारदेखि एक लाख रुबलसम्म पठाएको खुलेको जनाएका छन्।
सो कोषले युक्रेनी सेनाका लागि पैसा जम्मा गर्ने गरेको छ। ती शिक्षक सन् २०२३ को फेब्रुअरीमै पक्राउ परेका थिए।
प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो टेस्टमा भारत बलियाे, अष्ट्रेलियाविरुद्ध २१८ रनको अग्रताशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे शनिबार, मंसिर ८, २०८१