Kathmandu Press

कोपा अमेरिका सुरु, उद्घाटन खेलमा अर्जेन्टिना विजयी

उद्घाटन खेलमा अर्जेन्टिना विजयी भयो। उसले क्यानडामाथि २–०को जित निकाल्यो।
कोपा अमेरिका सुरु, उद्घाटन खेलमा अर्जेन्टिना विजयी

काठमाडाैं, असार ७ : आजबाट कोपा अमेरिकाको ४८औं संस्करण सुरु भएको छ। एट्लान्टामा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र क्यानडाबीचको खेलसँगै प्रतियोगिता सुरु भएको छ।

उद्घाटन खेलमा अर्जेन्टिना विजयी भयो। उसले क्यानडामाथि २–०को जित निकाल्यो।

अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले गोल गरे। अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा  गरेको थियो।

४९औं मिनेटमा म्याक एलिस्टरको पासमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि ८८औं मिनेटमा लियोनल मेसीको पासमा मार्टिनेजले गोल गर्दै टिमलाई २–०को अग्रता दिलाए। मार्टिनेज ७६औं मिनेटमा अल्भारेजकै स्थानमा मैदान प्रवेश गरेको थियो।

त्यसपछि गोल नहुँदा अर्जेन्टिना विजयी भयो।

दक्षिण र उत्तर अमेरिकाका १६ टिम सहभागी प्रतियोगितामा भोलि बिहान पेरु र चिली भीड्ने छन्।

प्रकाशित मिति: ११:१८ बजे, शुक्रबार, असार ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्