Kathmandu Press

गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

गण्डकी प्रदेशका  एक–दुई ठाउँमा ठूलो वर्षा र अन्यत्र पनि मध्यम वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौं, असार ७ : आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भू–भागका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ  । गण्डकी प्रदेशका  एक–दुई ठाउँमा ठूलो वर्षा र अन्यत्र पनि मध्यम वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Hardik ivf

मनसुन सक्रिय भएर पानी पर्न थालेपछि देशभर गर्मी घटेको छ । अस्ति बुधवारदेखि लुम्बिनी र सुदूरपश्चिममासमेत पानी पर्न थालेपछि पश्चिम तराईमा पनि गर्मी कम भएको छ । धनगढी, नेपालगञ्ज, दिपायल, वीरेन्द्रनगर, घोराही, डढेलधुराको तापक्रममा उच्च गिरावट आएको छ ।

पश्चिम तराईका विभिन्न ठाउँमा अस्ति बुधवारसम्म ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भएकोमा हिजो देशका सबै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा तल झरेको छ । अस्ति बुधवार धनगढीको तापक्रम ४२ दशमलव ३ डिग्री सेल्सियस रहेकोमा हिजो ३८ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।

नेपालगञ्जको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियसबाट ३५ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । वीरेन्द्रनगरको तापक्रम पनि ४० दशमलव १ डिग्री सेल्सियसबाट ३५ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । यस्तै घोराहीको तापक्रम ३८ दशमलव ४ डिग्री सेल्सियसबाट ३२ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।
 

प्रकाशित मिति: ०८:३१ बजे, शुक्रबार, असार ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्