कांग्रेस संसदीय दलको बैठक आज बस्दैं
सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको हो ।
काठमाडौँ, असार ७ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको हो ।
त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ । प्रमुख सचेतक रमेश लेखकले बैठकमा समसामयिक राजनीतिक विषयमा र बजेट लगायतका विषयमा छलफल हुने बताए ।
प्रकाशित मिति: ०७:०३ बजे, शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











