‘बृहत बामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको विकल्प छैन’
जनताले स्थायी सरकार र सत्ता चाहेको र कम्युनिस्टहरू एकताले मात्रै जनताको सपना पुरा गर्ने सापकोटाको भनाइ छ।
काठमाडौं, असार ६ : माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बृहत बामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको विकल्प नरहेको बताएका छन्।
बिहीबार कठमाडौंमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आयोजना गरेको एक कार्यक्रममा समाजवादी व्यवस्थाका लागि कम्युनिस्टहरुको बलियो उपस्थिमा मात्रै सम्भव हुने बताए।
जनताले स्थायी सरकार र सत्ता चाहेको र कम्युनिस्टहरू एकताले मात्रै जनताको सपना पुरा गर्ने सापकोटाको भनाइ छ।
पछिल्लो समयमा सस्तो लोकप्रियतावादीहरुले जनतालई व्यापक मात्रामा भ्रम फैलाएको बताउँदै भने, ‘लोकप्रियतावादीहरूले ठूल्ठूलो स्वरमा देश भक्तिको नौटंकी गरिरहे पनि त्यसको वास्तविक पहरेदार माओवादी मात्रै हो भ्रमित हुनुहुँदैन।’
प्रकाशित मिति: १९:४१ बजे, बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











