Kathmandu Press

टि-२० विश्वकप खेलेर स्वदेश फर्कियाे नेपाली टिम

नेपाली टिम दुई समूह बनाएर नेपाल फर्किएको छ। पहिलो समूह आज बिहान बिहान १ बजे र दोस्रो समूह बिहान १० बजे नेपाल फर्किएको हो।
टि-२० विश्वकप खेलेर स्वदेश फर्कियाे नेपाली टिम

काठमाडाैं, असार ६ : नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप खेलेर स्वदेश फर्किएको छ। अमेरिका र वेस्ट इन्डिजमा जारी टि–२० विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि नेपाली टिम स्वदेश फर्किएको हो।

नेपाली टिम दुई समूह बनाएर नेपाल फर्किएको छ। पहिलो समूह आज बिहान बिहान १ बजे र दोस्रो समूह बिहान १० बजे नेपाल फर्किएको हो।

पहिलो टोलीमा सोमपाल कामी, कुशल भुर्तेल, आसिफ सेखलगायत थिए भने दोस्रो टोलीमा दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरालगायतका खेलाडीहरु थिए।

नेपालले समूह चरणमा ४ मध्ये ३ खेल खेल्ने अवसर पायो। जसमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो। श्रीलंकासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो। दक्षिण अफ्रिकासँग जित नजिक पुगेर पनि नेपाल १ रनले पराजित भएको थियो।

प्रतियोगितामा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा ब्याटिङमा भने नेपाल चुकेको थियो। ब्याटिङ नचल्दा नेपालले ११६ र १०७ रनको लक्ष्य पनि पछ्याउन सकेको थिएन।

 

प्रकाशित मिति: १२:०४ बजे, बिहीबार, असार ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्