इंग्ल्यान्डलाई वेस्ट इन्डिजले दियो १८१ रनको लक्ष्य
सुपर–८ अन्तर्गत आफ्नो पहिलोखेलमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको हो ।वेस्ट इन्डिजका लागि ३४ बलको सामना गेका जोनसन चाल्सले ३८ रन बनाए ।
काठमाडौं, असार ६ : टी–२० विश्वकपमा सुपर–८ अन्तर्गत आज भएको खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १८१ रनको लक्ष्य दिएको छ ।
सुपर–८ अन्तर्गत आफ्नो पहिलोखेलमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि ३४ बलको सामना गेका जोनसन चाल्सले ३८ रन बनाए । यस्तै, ३२ बल खेलेका किकोलस पुरन र १७ बलको सामना गरेका रोभम्यान पावेलले ३६÷३६ रन बनाउँदा १३ बल खेलेर २३ रन जोडेकाब्रेन्डन किङ रिटायर्ड हर्ट भए। शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्डले अविजित५ रन बनाए ।
अदिल राशिद, इंग्ल्यान्डका जोफ्रा आर्चर, लियाम लिभिङस्टोन र मोइन अलीले समान एक÷एक विकेट आफ्नो नाममा गरे ।
प्रकाशित मिति: ०८:१९ बजे, बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












