युरोकपमा आयोजक जर्मनीलाई लगातार दोश्रो जित, हंगेरी २–० ले पराजित
स्टुगार्ट मैदानमा भएको खलको २२ ओं मिनेटमा मुसयालाले गोल गर्दै अग्रता दिलाए । उनले गुन्डोगानको पासमा गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा अरु १ गोल थपेको थियो ।काठमाडौं, असार ६ : आयोजक राष्ट्र जर्मनीले युरोकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । समूह ए मा रहेका जमर्नले बुधवार राति भएको खेलमा हंगेरीलाई २–० गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा जमाल मुसियाला र गुन्डोगानले एक एक गोल गरेका थिए ।
स्टुगार्ट मैदानमा भएको खलको २२ ओं मिनेटमा मुसयालाले गोल गर्दै अग्रता दिलाए । उनले गुन्डोगानको पासमा गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा अरु १ गोल थपेको थियो । जर्मनीका लागि गुन्डोगानले ६७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । उनले म्याक्सी मिलानको पासमा गोल गरेका थिए ।
जितसँगै समूह एमा जर्मनी ६ अंकका साथ शीर्ष स्थानमा छ । पहिलो खेलमा स्कटल्याण्डलाई जर्मनीले पराजित गरेको थियो । हंगेरीको भने यो लगातार दोस्रो हार हो ।
प्रकाशित मिति: ०८:१२ बजे, बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
आईपिएल अक्सन : अर्शादीप र चहल पञ्जाबमा आबद्ध हुँदा केएल राहुल दिल्लीमाआइतबार, मंसिर ९, २०८१
ऋषव पन्त बने आईपिएल इतिहासकै महँगा खेलाडीआइतबार, मंसिर ९, २०८१
क्रिकेट खेलाडीलाई नेपाली कांग्रेस स्याङ्जाले गर्यो गदसहित सम्मानआइतबार, मंसिर ९, २०८१