Kathmandu Press

प्रधानमन्त्रीले आफ्नो आइटी विज्ञलाई तुरुन्त बर्खास्त गर्नुपर्छः शेखर कोइराला

काठमाडौं, चैत २१ः नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री ओलीले आइटी विज्ञ अस्गर अलीलाई तुरुन्त बर्खास्त गर्नुपर्ने बताएका छन्। काठमाडौं प....

प्रधानमन्त्रीले आफ्नो आइटी विज्ञलाई तुरुन्त बर्खास्त गर्नुपर्छः शेखर कोइराला

काठमाडौं, चैत २१ः नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री ओलीले आइटी विज्ञ अस्गर अलीलाई तुरुन्त बर्खास्त गर्नुपर्ने बताएका छन्। काठमाडौं प्रेसको समचार ‘महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता ’ शीर्षकको समचार प्रधानमन्त्रीका सूचना प्रविधी सल्लाहकार अस्गर अलीकाको लगानी रहेको सिरान टेक्नोलोजीले हटाएको प्रति ध्यानाकर्षण भएको कोइरालाले बताएका छन्।

शुक्रबार विज्ञप्ती जारी गर्दै कोइरालाले भनेका छन्, ‘संसारमै नहुने यस्तो विरलै घटना प्रेस र अभिब्यक्ति स्वतन्त्रता हननको उच्चतम् र निकृष्ट नमूना हो। संसारमा कहीँ र कतैपनि प्रकाशित समाचारलाई लिएर बिमती भएमा वेभ डेभलपरले यसरी समाचार हटाउन पाउँदैनन्। प्रधानमन्त्री ओलीले आफ्ना ती सूचना प्रबिधि विज्ञलाई तुरून्त पदबाट बर्खास्त गर्नुपर्छ र यो घटनामा संलग्न दोषीहरूमाथि कारवाही गरिनुपर्छ।’

कोइरालाले सिरान टेक्नोलोजीले यस घटनाप्रति माफी मागिसकेको भन्दै सरकारले अव कानुनी कारवाही अघि बढाउनुपर्ने बताएका छन्। 

अली संलग्न रहेको कम्पनीले देशका धेरै निजी कम्पनीहरूको एप्लिकेशन बनाएको सार्वजनिक भएको भन्दै उनले यसरी नै सिरान टेक्लोनोजीले झै सूचना प्रविधिको पहुँच दुरूपयोग गरी अली संलग्न कम्पनीले निजी बैकमा रहेको अर्बौ रूपैयाँ तलमाथि गरे त्यसको परिणाम के हुन्छ? भनेर प्रश्न समेत गरेका छन्। ‘समाचार साईट ह्याक गर्नैको हातमा २२ बटा वाणिज्य बैंक र २६ बटा वित्तिय संस्थाको गेटवे हुनुले  लाखौं नेपालीले आफ्नो दुःख  परिश्रम गरेर जम्मा गरेको अर्बौ रूपैयाँको जोखिम बढाएको छ,’ कोइरालाले भनेका छन्, ‘सरकारले तुरून्त यो जोखिमको ब्यवस्थापन गरी उल्लेखित कुनैपनि बैंकमा रहेको नेपाली जनताको एक रूपैयाँपनि जोखिममा नपर्ने सुनिश्चित गर्नुपर्छ।’

प्रकाशित मिति: १२:०८ बजे, शुक्रबार, चैत २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्