Kathmandu Press

राहुल गान्धीले त्यागे केरलाको वायनाड, रोजे रायबरेली

लोकसभामा एउटा क्षेत्रबाट मात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्थाबमोजिम उनले वायनाडलाई छोडेर उत्तर प्रदेशको रायबरेली निर्वाचन क्षेत्र रोजेका हुन्।
राहुल गान्धीले त्यागे केरलाको वायनाड, रोजे रायबरेली

नयाँ दिल्ली, असार ५ : कांग्रेस नेता राहुल गान्धीले केरलाको वायनाड लोकसभा सीटबाट राजीनामा दिएका छन्।

लोकसभामा एउटा क्षेत्रबाट मात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्थाबमोजिम उनले वायनाडलाई छोडेर उत्तर प्रदेशको रायबरेली निर्वाचन क्षेत्र रोजेका हुन्। लोकसभा सचिवालयले गान्धीले वायनाड क्षेत्रबाट राजीनामा दिएर रायबरेली क्षेत्र रोजेको जानकारी दिएको छ।

Hardik ivf

गान्धीले राजीनामा दिनुअघि कांग्रेसका सभापति मल्लिकार्जुन खर्गेले पार्टीका शीर्ष नेताहरूसँग छलफल गराएका थिए। लगत्तै गान्धीले मंगलबारदेखि नै लागू हुने गरी लोकसभा सचिवालयमा राजीनामा पत्र पेश गरेका थिए।

सो क्षेत्रबाट गान्धीले राजीनामा दिएपछि अब लोकसभामा कांग्रेसका ९८ सांसद रहनेछन्। कांग्रेसले रिक्त भएको सो क्षेत्रबाट अब प्रियंका गान्धी उम्मेदवार बन्ने भएकी छन्।

प्रकाशित मिति: ११:१२ बजे, बुधबार, असार ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्