Kathmandu Press

राष्ट्रपति पौडेल स्वदेश फर्किए

त्रिभुवन विमानस्थलमा राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवि लामिछाने, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ, मुख्यसचिव बैकुण्ठ अर्याललगायतले स्वागत गरेका थिए।
राष्ट्रपति पौडेल स्वदेश फर्किए

काठमाडौं, असार ५ : राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको एक साता लामो भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन्।

आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै राष्ट्रपति पौडेल सहितको भ्रमण टोली काठमाडौं आइपुगेका हुन्।

Hardik ivf

त्रिभुवन विमानस्थलमा राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवि लामिछाने, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ, मुख्यसचिव बैकुण्ठ अर्याललगायतले स्वागत गरेका थिए।

Photo-(4)-1718774397.jpg

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घाटन मञ्चमा प्रमुख वक्ताका रुपमा राष्ट्रपति पौडेलले सम्बोधन गरेका थिए।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट त्यसतर्फ गएका थिए।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलको यो पहिलो औपचारिक विदेश भ्रमण भए पनि संघीय संसदलाई भ्रमणबारे पौडेलले जानकारी नगराएकोमा भने सांसदहरुले नै विरोध गरिरहेका छन्।

प्रकाशित मिति: ११:०५ बजे, बुधबार, असार ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्