Kathmandu Press

संसद भवनभित्र प्रहरी जवानद्वारा गोली हानेर आत्महत्या

दोलखाका अजित गोले गोली लागेको अवस्थामा संसद भवनको शौचालयभित्र आफैंलाई गोली हानेका हुन्। उनले आफैंले बोकेको इन्सास राइफले निधारमा गोली हानेको बताइएको छ।
संसद भवनभित्र प्रहरी जवानद्वारा गोली हानेर आत्महत्या

काठमाडौं, असार ५ : संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान आफैंलाई गोली हानेर आत्महत्या गरेका छन्।

दोलखाका अजित गोले गोली लागेको अवस्थामा संसद भवनको शौचालयभित्र आफैंलाई गोली हानेका हुन्।

Hardik ivf

शौचालयतिर गोली चलेको आवाज सुनेपछि प्रहरी त्यहाँ पुग्दा उनको मृत्यु भइसकेको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाएको छ। उनी आज बिहान ६ बजेदेखि १० बजेसम्म ड्युटीमा थिए।

उनले आफैंले बोकेको इन्सास राइफले निधारमा गोली हानेको बताइएको छ। गोलेको शवलाई सिभिल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

गोले नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए।

 

प्रकाशित मिति: १०:४० बजे, बुधबार, असार ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्