Kathmandu Press

प्रतिनिधि सभामा आज ८ मन्त्रीले सांसदले उठाएको प्रश्नको जवाफ दिने 

त्यसैगरी दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको आठ वटा मन्त्रालयका सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
प्रतिनिधि सभामा आज ८ मन्त्रीले सांसदले उठाएको प्रश्नको जवाफ दिने 

काठमाडौं, असार ५ : प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी डाकिएको छ ।  

बुधबार बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आजको सांसद पुष्पबहादुर शाह, प्रेम सुवाल, डा।अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने संसद्को कार्यसूची रहेको महासचिव पद्य प्रसाद पाण्डेले जानकारी दिएका छन् । 

Hardik ivf

त्यसैगरी दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको आठ वटा मन्त्रालयका सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री, वन तथा वातावरणमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, शहरी विकासमन्त्री, रक्षामन्त्री, खानेपानीमन्त्री र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीले जारी छलफलमा सांसदले उठाएका प्रश्नको आज जवाफ दिनेछन्।  
 
प्रकाशित मिति: ०७:३४ बजे, बुधबार, असार ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्