Kathmandu Press

राष्ट्रपति पौडेल पूर्वी बर्लिनपछि स्वदेश फर्कदै  

उनले वर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले आफ्नो भ्रमणको क्रममा गरेको मेहनतको प्रशंसा गर्दै  राजदूत लगायतका कर्मचारीले नेपालमा जर्मन लगानी भित्र्याउन मेहनत गर्नुपर्ने आावश्यकता औंल्याए । 
राष्ट्रपति पौडेल पूर्वी बर्लिनपछि स्वदेश फर्कदै  

जर्मनी, असार ५ : राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणको क्रममा मंगलबार पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । उक्त अवलोकनपछि उनको स्वदेश फर्किने तालिका छ ।  

उनले वर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले आफ्नो भ्रमणको क्रममा गरेको मेहनतको प्रशंसा गर्दै  राजदूत लगायतका कर्मचारीले नेपालमा जर्मन लगानी भित्र्याउन मेहनत गर्नुपर्ने आावश्यकता औंल्याए । 

Hardik ivf

भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आएका हुन् । 

सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । 

राष्ट्रपति पौडेल आजै स्वदेश फर्कने क्रममा वर्लिनबाट कतारको दोहा प्रस्थान गर्ने उनको स्वकीय सचिवालयले जनाएको छ । 
 
प्रकाशित मिति: ०७:३० बजे, बुधबार, असार ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्