Kathmandu Press

राष्ट्रपति पौडेलद्वारा पूर्वी बलिन भ्रमण, आजै स्वदेश फर्कदै

राष्ट्रपति पौडेलले आफ्नो भ्रमणको क्रममा गरेको मेहनतको प्रशंसा गर्दै राजदूत लगायतका कर्मचारीले नेपालमा जर्मन लगानी भित्र्याउन मेहनत गर्नुपर्ने आावश्यकता औंल्याए।
राष्ट्रपति पौडेलद्वारा पूर्वी बलिन भ्रमण, आजै स्वदेश फर्कदै

काठमाडौं, असार ४ : राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणको क्रममा मंगलबार पूर्वी बर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका छन्। उक्त अवलोकनपछि उनको स्वदेश फर्किने तालिका छ।  

उनले वर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

Hardik ivf

राष्ट्रपति पौडेलले आफ्नो भ्रमणको क्रममा गरेको मेहनतको प्रशंसा गर्दै  राजदूत लगायतका कर्मचारीले नेपालमा जर्मन लगानी भित्र्याउन मेहनत गर्नुपर्ने आावश्यकता औंल्याए।

भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आएका हुन्।

सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो।

राष्ट्रपति पौडेल आजै स्वदेश फर्कने क्रममा वर्लिनबाट कतारको दोहा प्रस्थान गर्ने उनको स्वकीय सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २०:४७ बजे, मंगलबार, असार ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्