Kathmandu Press

महानगर घेर्न पुगेका कवाड व्यवासायी र प्रहरीबीच झडप

कबाड व्यवसायी संघर्ष समितिको अगुवाइमा काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न गएका कवाड व्यवसायीलाई प्रहरीले रोकेपछि झडप भएको हो।
महानगर घेर्न पुगेका कवाड व्यवासायी र प्रहरीबीच झडप

काठमाडौं, असार ४ : काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका कवाड व्यवसायी र प्रहरीबीच झडप भएको छ।

रिङरोडभित्रका कबाड हटाउने निर्णयको विरोध गर्दै व्यवसायीहरु मंगलबार अपरान्ह महानगरपालिकाको कार्यालय घेर्न गएका थिए।

Hardik ivf

कबाड व्यवसायी संघर्ष समितिको अगुवाइमा काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न गएका कवाड व्यवसायीलाई प्रहरीले रोकेपछि झडप भएको हो।

प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा प्रहार गरपछि प्रहरीले लाठीचार्ज गरेको हो । लाठीजार्जबाट केही प्रदर्शनकारी घाइते भएको जनाइएको छ।

कवाडव्यवसायीले महानगरले विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन निर्देशन दिएका कारण विरोधमा उत्रिएको बताएका छन्।

प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, असार ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्