Kathmandu Press

‘चीन अध्ययनको गन्तव्य बन्दा नेपाललाई फाइदा छ’

नेपाल र चीनका विभिन्न विश्वविद्यालयबीच सहकार्य भएको थाहा पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले नेपालका विद्यार्थीहरूले ठूलो संख्यामा चीनको भ्रमण गर्ने गरेको र त्यसले आफ्नो शैक्षिक आवश्यकताहरू पूरा गर्ने गरेको मन्त्री श्रेष्ठको भनाइ छ।
‘चीन अध्ययनको गन्तव्य बन्दा नेपाललाई फाइदा छ’

काठमाडौं, असार ४ : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली विद्यार्थीका लागि चीन प्रमुख गन्तव्य भइरहँदा यसले दुई देशको सम्बन्धलाई थप बलियो बनाएको बताएका छन्।

नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरेको एक दिवसीय चिनियाँ उच्च शैक्षिक प्रदर्शनी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चीनमा अध्ययन गरेका विद्यार्थीले नेपालमा राम्रो योगदान दिइरहेको बताए।

नेपाल र चीनका विभिन्न विश्वविद्यालयबीच सहकार्य भएको थाहा पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले नेपालका विद्यार्थीहरूले ठूलो संख्यामा चीनको भ्रमण गर्ने गरेको र त्यसले आफ्नो शैक्षिक आवश्यकताहरू पूरा गर्ने गरेको मन्त्री श्रेष्ठको भनाइ छ।

Hardik ivf

Photos-(4)-1718711761.jpg

हरेक वर्ष चिनियाँ भाषाका स्वयंसेवी शिक्षकहरू पनि नेपाल आएर शैक्षिक विकासमा योगदान दिएको भन्दै उनले धन्यवाद पनि दिए।

त्यस्तै, नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताए। यो प्रदर्शनीले नेपाल–चीन सम्बन्ध अझ बलियो बनाउने विश्वास उनले व्यक्त गरे।

यो प्रदर्शनी नेपाल र चीनबीचको सबैभन्दा ठूलो उच्च शिक्षा सहयोग परियोजना रहेको बताउँदै उनले यसमा ३१ वटा विभिन्न चिनियाँ विश्वविद्यालय सहभागी रहेको बताए।

Photos-(1)-1718711761.jpg

परराष्ट्रमन्त्री श्रेष्ठ र राजदूत सोङले संयुक्त रुपमा उद्घाटन गरेको प्रदर्शनीमा चीनका विभिन्न सहरमा रहेका चीन र विश्वमै अब्बल ठहरिएका ३१ वटै विश्वविद्यालयका स्टल छन्।

ती स्टलमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति लगायतका विभिन्न जानकारी गराउने परिषद्का अध्यक्ष डा.हरिश्चन्द्र साहले बताए।

प्रकाशित मिति: १७:४१ बजे, मंगलबार, असार ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्