Kathmandu Press

पशुपतिमा कोटीहोम, राधिका दासी र दिनबन्धुलगायतले कथावाचन गर्ने

पशुपति वनकाली हंसमण्डपमा हुने ‘ऐतिहासिक श्रीपशुपति कोटीहोम एवं एकसय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ साउन १ देखि सुरु भएर साउन ३२ गतेसम्म चल्नेछ।
पशुपतिमा कोटीहोम, राधिका दासी र दिनबन्धुलगायतले कथावाचन गर्ने

काठमाडौं, असार ४ : पशुपति मन्दिर क्षेत्र परिसरमा आगामी साउन महिनाभरी हुने भएको छ। कोटिहोम महायज्ञको तयारी ७५ प्रतिशत पुरा भएको छ।

श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्तीका अनुसार मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा महायज्ञ हुन लागेको हो।

Hardik ivf

ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ कोटीहोम महायज्ञ आयोजना गरिएको मानवसेवा फाउण्डेसनले जनाएको छ।

पशुपति वनकाली हंसमण्डपमा हुने ‘ऐतिहासिक श्रीपशुपति कोटीहोम एवं एकसय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ साउन १ देखि सुरु भएर साउन ३२ गतेसम्म चल्नेछ।

महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभालगायतले कथावाचन गर्ने जनाइएको छ।

एक महिने सो विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार एक सय दिव्य कलश पूजन, चार वेद पाठ हुनेछ।

यस्तै, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने फाउण्डेसनले जनाएको छ।

प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, असार ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्