Kathmandu Press

प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयता बुझाउनुपर्ने खाँचो छ : नेता बिजुक्छे

राजनीतिक कार्यकर्ता र संसद् सदस्यले पेन्सन लिन नहुने उल्लेख गर्दै उनले संसद् सदस्यहरुले ठेक्का–पट्टाको काममा हात हाल्न नहुने धारणा व्यक्त गरे।
प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयता बुझाउनुपर्ने खाँचो छ : नेता बिजुक्छे
फाइल तस्बिर।

भक्तपुर, असार ४ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशका प्रत्येक नागरिकलाई राजनीति र संघीयताका विषयमा बुझाउनुपर्ने बताएका छन्।

कानुन अध्ययन समाजले भक्तपुरमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनका चुनौती र उपादेयता’ विषयक कार्यक्रममा उनले तीनवटै तहका १० प्रतिशतभन्दा कम मान्छेले मात्र राजनीति र संघीयताको विषयलाई बुझेकाले सो सम्बन्धमा सबै नागरिकलाई बुझाउनुपर्ने खाँचो औंल्याए।

Hardik ivf

राजनीतिक कार्यकर्ता र संसद् सदस्यले पेन्सन लिन नहुने उल्लेख गर्दै उनले संसद् सदस्यहरुले ठेक्का–पट्टाको काममा हात हाल्न नहुने धारणा व्यक्त गरे।

‘संसद् सदस्य ठेक्का–पट्टा र विकास भन्दै हिँड्ने होइन, उनीहरुले त नीति बनाउनुपर्ने हो। नीति बनाउनुपर्ने मान्छेले विकास निर्माण गरेकै कारण सङ्घीयताको कार्यान्वयनमा समस्या आएको हो,’ उनले भने।

देशका लागि राम्रा, इमानदार र कर्तव्यनिष्ठ कानुनविद्को आवश्यकता रहेको भन्दै उनले हरेक कुरालाई आलोचनात्मक रुपमा हेर्न र सभ्यतादेखिकै इतिहासको अध्ययन गर्न युवा पुस्ताको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: १६:४८ बजे, मंगलबार, असार ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्