दोहोरो अंकले घट्यो सेयर बजार
नेप्से परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दु कायम हुँदा ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किजबेच भएको छ।काठमाडौं, असार ४ : मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रह्यो।
९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किजबेच भएको छ।
यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो।
गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ थियो।
मंगलबार १३ उपसमूहमा सबै घटेका छन्। वाणिज्य बैंक १.१६ र फाइनान्स उपसमूह १.०४ प्रतिशतले घटेका छन्। १९८ कम्पनीको सेयरमूल्य घट्दा मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखारी साना जलविद्युतका लगानीकर्ता बढी नोक्सानमा छन् । यी दुई कम्पनीको सेयरमा नेगेटिभ सर्किट लागेको छ।
बाराही, भगवती,मेन्छियामलगायतका हाइड्रोपावरको सेयरमूल्य पनि घटेको छ।
जलविद्युत उपसमूह घटे पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा भने जलव्दिुत कम्पनी नै परेको छ। वरुण हाइड्रोपावरको ११ करोड २७ लाखको सेयर कारोबार भएको छ।
यस्तै सीइडीबी हाइड्रोपावरको १० करोड ३७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड ३७ लाख, ग्लोबल आइएमई लघुवित्तको ९ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
४० कम्पनीको सेयरमूल्य बढ्दा सर्वाधिक फाइदामा समाज लघुवित्तका लगानीकता छन् । उक्त लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । माण्डु हाइड्रोपावर, वीन नेपाल लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर लगायत बढेका छन् । ९ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएन।