Kathmandu Press

सहकारी ठगीको काम प्रारम्भ गर्न छानविन समितिको बैठक

सहकारी ठगी प्रकरणमा छानविनका लागि कामको थालनी गर्ने तयारीका लागि समितिको बैठक बसेको जनाइएको छ।
सहकारी ठगीको काम प्रारम्भ गर्न छानविन समितिको बैठक

काठमाडौं, असार ४ : सहकारीको रकम अपचलनमा छानविनका लागि गठित संसदीय विशेष समितिको बैठक बसेको छ।

सहकारी ठगी प्रकरणमा छानविनका लागि कामको थालनी गर्ने तयारीका लागि समितिको बैठक बसेको जनाइएको छ।    

Hardik ivf

अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा समितिका पदाधिकारीविच बैठक चलिरहेको छ। यसअघि गत आइतबार बसेको समितिको बैठकले कार्यविधि तय गरिसकेको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन गर्ने कार्यमा संलग्न रहेको आरोप लागेपछि संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका सांसद रहनेगरी जेठ १५ गतेसमिति गठन गरिएको थियो।

समितिलाई अध्ययन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ।

प्रकाशित मिति: १४:५० बजे, मंगलबार, असार ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्