Kathmandu Press

गृहमन्त्रीलाई कांग्रेस सांसद राणाको प्रश्न– सुशासन, नैतिकता, भ्रष्टाचार मुक्तको नारा कहाँ गयो?

‘मेरो प्रश्न गृहमन्त्रीज्यूलाई । तपाईंलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाजजस्ता नारामा माया गरेर निर्वाचित हुनुभयो । गृहमन्त्रीज्यू, यो नारा कहाँ गयो?’
गृहमन्त्रीलाई कांग्रेस सांसद राणाको प्रश्न– सुशासन, नैतिकता, भ्रष्टाचार मुक्तको नारा कहाँ गयो?

काठमाडौं, असार ४ : नेपाली कांग्रेसका सांसद उदयसमशेर राणाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सुशासनको नारा कहाँ पुग्यो भन्दै संस्दमा प्रश्न गरेका छन्।  

सांसद राणाले प्रतिनिधि सभा बैठकमा मन्त्रालयका लागि विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै यस्तो प्रश्न सोधेका हुन्।

Hardik ivf

चुनावअघि सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाजका नाराका कारण मत दिएर विजयी गराए पनि गृहमन्त्री लामिछानेले काम गर्न नसकेको भनाई राणाको थियो।

बजेटमाथिको छलफलमा बोल्दै राणाले भने, ‘मेरो प्रश्न गृहमन्त्रीज्यूलाई । तपाईंलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाजजस्ता नारामा माया गरेर निर्वाचित हुनुभयो । गृहमन्त्रीज्यू, यो नारा कहाँ गयो?’

राणाले प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरूको मिलेमतोमा मात्रै बजेट आउने गरेको पनि बता। त्यसरी आउने बजेटले जनताको भावनाको प्रतिनिधित्व गर्न नसकेको भनाई राणाको छ।

प्रकाशित मिति: १५:०२ बजे, मंगलबार, असार ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्