Kathmandu Press

सरकार र मन्त्रीहरूकै कारण संघीयता र व्यवस्थामाथि प्रश्न उठ्यो : पौडेल

अघिल्लो पटक सांसद र मन्त्रीले तीनवटा क्षेत्रमा धेरै बजेट विनियोजन गर्दा निकै टिक टिप्पणी भएको स्मरण गराउँदै सांसद पौडेलले त्यसबाट सिक्नुपर्नेमा उल्टो आर्थिक अनुशासनलाई पालना नगरेर त्यो भन्दा बढी निर्वाचन क्षेत्र केन्द्रीत बजेट आएको बताए।
सरकार र मन्त्रीहरूकै कारण संघीयता र व्यवस्थामाथि प्रश्न उठ्यो : पौडेल

काठमाडौं, असार ४ : कांग्रेस सांसद प्रदीप पौडेलले सरकार र मन्त्रीहरुको कारण सुशासन खलबलिएको, संघीयता र व्यवस्थामाथि प्रश्न उठेको बताएका छन्।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनले विगत र अहिलेका सरकार र मन्त्रीहरुको कारण संघीयता र व्यवस्थामाथि प्रश्न उठिरहेको आरोप लगाए। उनले बजेट विनियोजनले कानूनी मापद्दण्ड र मर्यादालाई उल्लंघन गर्ने प्रतिस्पर्धा गरिरहेको बताए।

Hardik ivf

अघिल्लो पटक सांसद र मन्त्रीले तीनवटा क्षेत्रमा धेरै बजेट विनियोजन गर्दा निकै टिक टिप्पणी भएको स्मरण गराउँदै सांसद पौडेलले त्यसबाट सिक्नुपर्नेमा उल्टो आर्थिक अनुशासनलाई पालना नगरेर त्यो भन्दा बढी निर्वाचन क्षेत्र केन्द्रीत बजेट आएको बताए।

‘यो बजेट बिनियोजनले आर्थिक अनुशासनलाई पालना गरेको देखिँदैन। मन्त्रीज्यू र सरकारका कारण संघीयता र व्यवस्था माथि धेरै टिका टिप्पणी भइरहेको छ  कथनीमा एउटा कुरा गर्ने संघीयताप्रति असाध्यै धेरै प्रतिबद्धता भएको जस्तो देखिने र व्यवहारमा त्यसको उल्टो हुने,’ उनले भने, ‘यो मात्र होइन विगतका सरकार र मन्त्रीमण्डलमा बस्ने पात्रहरुको कारणले सुशासन खलबलिएको छ, संघीयता र व्यवस्थामाथि प्रश्न उठेको स्थिति छ । सुधार गर्न कोही तयार छैन, खाली बोलीमात्रै राखिएको छ।’

अघिल्लो वर्षभन्दा यो पटक भौतिक पूर्वाधार मन्त्रालयमा १० अर्ब बजेट बढेर आएको उल्लेख गर्दै राष्ट्रिय आवश्यकता भन्दा विपरित बजेट खर्च हुने प्रवृतिले पूर्वाधार विकास आर्थिक विकासँग नजोडिएको टिप्पणी उनले गरे।

सांसद पौडेलले शक्तिको आधारमा बजेट आएको र संघीयता विरोधी बजेट मात्रै २० प्रतिशत आएको दाबी गरे।

प्रकाशित मिति: १४:४३ बजे, मंगलबार, असार ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्