Kathmandu Press

राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका

‘जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर (बजेट पुस्तिका च्यात्दै) हुर्याउन मन छ,’ उनने भने, ‘तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहु¥याएर यहाँ (पोडियम) राख्छु मैले’, उनले भने।
राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका

काठमाडौं, असार ४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रममै उभिएर भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिएका लिङ्देनले भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठले आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रमा मात्र अर्बौंको बजेट बिनियोजन गरेकोप्रति उनले विरोध गर्दै बजेट पुस्तिका नै च्यातेका हुन्।

Hardik ivf

‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हुँ। रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु। तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर (बजेट पुस्तिका च्यात्दै) हुर्याउन मन छ,’ उनने भने, ‘तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहु¥याएर यहाँ (पोडियम) राख्छु मैले’, उनले भने।

उनले चारवटा निर्वाचन क्षेत्रमा मनपरी रुपमा बजेट बिनियोजन गरिएकोप्रति रुष्ट हुँदै उनले च्यातेको बजेट पुस्तिक चारवटा बाहेक अन्य प्रतिनिधि सभा सदस्यको मनको कुरा भएको चर्चा गरे।

उनले सामान्य मर्यादा समेत नराखी राज्यस्रोत माथि गरेको मनपरी सहन नसक्ने बताए। उनले भने, ‘यहाँ जिल्लाको नाम छाप्दा धेरै देखिन्छ भनेर जिल्लाको नामै नराखी योजना राखिएको छ।’

यस्तै उनले कसैको निर्वाचन क्षेत्रमा एउटै योजना नराख्ने र कसैकोमा अर्बौंको योजना राख्नुपर्ने कारण, विधि र पद्धतिबारे जानकारी दिनुपर्ने माग गरे।

महासेठले बजेट बनाउँदा विधि भत्काएको बताएका लिङ्देनले त्यसले देशको विधि भत्काउने राप्रपाको कामलाई सहयोग गरेको तर्क गरे।

प्रकाशित मिति: १३:१६ बजे, मंगलबार, असार ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्