सुनको मूल्य स्थिर, चाँदी बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं, असार ४ : मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
जुन सोमबारकै कारोबार मूल्य हो। मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर कारोबार एक हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: ११:४० बजे, मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1743858424.png)
