Kathmandu Press

कठिनाइपूर्वक प्राप्त गरेका विकासका लाभहरू उल्टिने जोखिम छ : प्रधानमन्त्री दाहाल

नेपालजस्ता अल्पविकसित देशहरूको लागि सहुलियतपूर्न वित्तीय सहायता महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले नेपालजस्ता देश संवेदनशील भएको बताएका हुन्।
कठिनाइपूर्वक प्राप्त गरेका विकासका लाभहरू उल्टिने जोखिम छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, असार ४ : प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका प्रभावहरूले संवेदनशीलतालाई अझ बढाएको उल्लेख गर्दै नेपालमा कठिनाइपूर्वक प्राप्त भएका विकासका लाभहरू उल्टिने जोखिम रहेको बताएका छन्।

नेपालजस्ता अल्पविकसित देशहरूको लागि सहुलियतपूर्न वित्तीय सहायता महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले नेपालजस्ता देश संवेदनशील भएको बताएका हुन्।

‘हामी धेरै संकटहरूमा संवेदनशील छौं, र हामीले कठिनाइपूर्वक प्राप्त गरेका विकास लाभहरू उल्टिने जोखिम छ,’ प्रधानमन्त्री दाहालले भने।

Hardik ivf

दाहालले विश्वव्यापी उत्सर्जनमा नगन्य योगदान दिँदा पनि नेपालले जलवायु परिवर्तनका प्रतिकूल प्रभाव र असरको चुनौती सामना गरिरहनु परेको उल्लेख गर्दै जलवायु असरबाट भएको क्षतिको न्यायपूर्ण क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिए।

‘हाम्रो नियन्त्रण बाहिरका परिस्थितिका कारण भएको क्षति र हानिको क्षतिपूर्ति पाउनका लागि हामीले जलवायु न्यायको पक्षमा वकालत गरिरहेका छौं,’ उनले भने।

Photos-(8)-1718688778.jpeg

प्रधानमन्त्री दाहालले विनाशकारी भूकम्प, विपद्, विश्वव्यापी महामारी र विश्वव्यापी आर्थिक चुनौतीका कारण नेपालको आर्थिक विकास र समृद्धिमा चुनौती थपिएको बताए।

राजनीतिक स्थिरतापछि यहाँका पर्याप्त सम्भावनालाई उपयोग गर्दै आर्थिक विकासको बाटोमा दृढ रूपमा नेपाल अघि बढेको जानकारी गराउँदै दाहालले एशियाका दुई ठूला अर्थतन्त्रहरूबीचमा रहेको नेपालमा जलविद्युत, पर्यटन र कृषि व्यवसाय क्षेत्रहरूमा राम्रो विकासको सम्भावना रहेको बताए।

 

प्रकाशित मिति: ११:१८ बजे, मंगलबार, असार ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्