Kathmandu Press

विद्यापिठमा तालावन्दी गर्दै विद्यार्थीले रजिष्ट्रारको कुर्सी जलाए

विद्यार्थी संगठनहरूले केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्यापन गर्ने विश्वविद्यालयका शिक्षकहरूको करार अवधि थप गर्नुपर्ने, चिकित्सा शिक्षा अयोगको न्यूनतम मापदण्डअनुसार तत्काल अस्पताल निर्माण हुनुपर्ने र ओ एन्ड एम सर्भे गरी जनशक्ति नियुक्त गर्नुपर्ने जस्ता विभिन्न माग राखेर विश्वविद्यालयको मुख्य ढोकामा ताला लगाएका हुन्।
विद्यापिठमा तालावन्दी गर्दै विद्यार्थीले रजिष्ट्रारको कुर्सी जलाए

काठमाडौं, असार ३ : नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले नेपाल संस्कृत विश्वविद्यालयमा तालाबन्दी गरेका छन्।

विद्यार्थी संगठनहरूले केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्यापन गर्ने विश्वविद्यालयका शिक्षकहरूको करार अवधि थप गर्नुपर्ने, चिकित्सा शिक्षा अयोगको न्यूनतम मापदण्डअनुसार तत्काल अस्पताल निर्माण हुनुपर्ने र ओ एन्ड एम सर्भे गरी जनशक्ति नियुक्त गर्नुपर्ने जस्ता विभिन्न माग राखेर विश्वविद्यालयको मुख्य ढोकामा ताला लगाएका हुन्।

Hardik ivf

आन्दोलित विद्यार्थी संगठनले रजिष्ट्रार माधव अधिकारीको पुत्ला दहन गर्दै कुर्सी समेत जलाइदिएका छन्।

विद्यापिठ प्रशासनले माग सम्बोधन गर्न आलटाल गरेको भन्दै नेविसंघ र अखिल क्रान्तिकारी आन्दोलित बनेका हुन्। शिक्षकहरूको करार अवधि थप नगर्दा विद्यार्थीको पढाइमा असर परेको नेवि संघका एकाइ अध्यक्ष केशव न्यौपानेले बताएका छन्।

चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डअनुसार पनि शिक्षकहरुको करार थपिनुपर्ने न्यौपानेको भनाई छ। यसअतिरिक्त चिकित्सा शिक्षा अयोगको न्यूनतम मापदण्डअनुसार अस्पताल निर्माण र ओ एन्ड एम सर्भे गरी जनशक्ति नियुक्त गर्नुपर्ने माग पनि विद्यार्थी संगठनको छ।

आफ्ना माग पुरा नभए उत्पन्न परिस्थितिको जिम्मेवार विद्यापीठ प्रशासन हुनुपर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।  

 

प्रकाशित मिति: १८:५९ बजे, सोमबार, असार ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्