Kathmandu Press

जर्मनीमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ताअघि बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिइएको हो।
जर्मनीमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

काठमाडौं, असार ३ : जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ताअघि सो सम्मान दिइएको हो।

Hardik ivf

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएपछि राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आएका हुन्।

उनले आज बर्लिन पर्खालसहितका विभिन्न एतिहासिक स्थानको अवलोकन गरेका थिए।

प्रकाशित मिति: १८:४५ बजे, सोमबार, असार ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्