राष्ट्रपति पौडेलले अवलोकन गरे बर्लिनको पर्खाल
जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायत एतिहासिक स्थलको अवलोकन गरेका छन्।
काठमाडौं, असार ३ : जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायत एतिहासिक स्थलको अवलोकन गरेका छन्।
जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन्। राष्ट्रपति पौडेलले आजै जर्मनीका राष्ट्रपति स्टाइनमायरलाई भेट्ने कार्यक्रम छ।
जेनेभामा भएको ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागीपछि उनी जर्मनी भ्रमणमा गएका हुन्।
प्रकाशित मिति: १८:४० बजे, सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











