Kathmandu Press

‘टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन हुँदैन’

‘सहमतिको साथ नेतृत्व निर्माण गर्नुपर्छ । तर सहमति भनेको के? सहमति केका आधारमा हुन्छ? हामीले टाउका जोडेर हुन्छ कि? अंकमाल गरौं कमरेडहरू भनेर हुन्छ कि ? के ले एकता गर्छ?’
‘टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन हुँदैन’

काठमाडौं, असार ३ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन गर्न नसकिने बताएका छन्।

‘सहमतिको साथ नेतृत्व निर्माण गर्नुपर्छ । तर सहमति भनेको के? सहमति केका आधारमा हुन्छ? हामीले टाउका जोडेर हुन्छ कि? अंकमाल गरौं कमरेडहरू भनेर हुन्छ कि ? के ले एकता गर्छ? हामी जुटेको भनेकै एउटा वैचारिक राजनीतिक कार्यदिशा, आधारमा नीति, सिद्धान्त र लक्ष्यका आधारमा हो,’ सोमबार काठमाडौंमा आयोजित अनेमसंघ समाजवादीको मुखपत्र विमोचन कार्यक्रममा उनले भने।

Hardik ivf

महाधिवेशनमा वैचारिक कार्यदिशा, नीति र सिद्धान्तमा आधारित भए सहमतिको आधारमा मात्र नेतृत्व चयन सकिने उनले बताए।

महाधिवेशनबाट चारवटा दस्तावेज पास गर्ने बताउँदै उनले ती दस्ताबजेमाथि छलफल चलिरहेको बताएका छन्। अहिलेको मस्यौदा दस्तावेजलाई अझै परिस्कृत गरेर पारित गर्ने उनले बताए।

उनले संविधान निर्माणको प्रक्रिया पार गरेपछि प्रक्रियालाई अगाडि बढाउने सिलसिलामा समाजवादी कार्यक्रम अगाडि सार्न नसकेको बताए।

कम्युनिष्ट आन्दोलनले नै समाजवादी कार्यक्रम अगाडि सार्न नसकेको समाजवादी कार्यक्रम लामो समयपछि पार्टीको महाभिवेशनबाट अगाडि सार्न लागेको उनको भनाई छ।

 

प्रकाशित मिति: १७:४७ बजे, सोमबार, असार ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्