Kathmandu Press

कोरोना कहर : विश्वभर १० लाख संक्रमित, ५३ हजार बढीको मृत्यु 

काठमाडौं, चैत्र २१ : विश्वभरि दश लाखभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ। यो समाचार तयार पार्दा....

कोरोना कहर : विश्वभर १० लाख संक्रमित, ५३ हजार बढीको मृत्यु 

काठमाडौं, चैत्र २१ : विश्वभरि दश लाखभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ। यो समाचार तयार पार्दा सम्म भाइरसका कारण अहिलेसम्म ५३ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने २ लाख १२ हजारभन्दा बढि सङ्क्रमित निको भएर घर फर्केका छन्।

अमेरिकामा सबैभन्दा धेरै सङ्क्रमित पाइएका छन् भने मृत्युको सङ्ख्या इटलीमा उच्च छ। झण्डै एक चौथाइ सङ्क्रमण अमेरिकामा पुष्टि भएका छन् भने युरोपमा आधाजसो सङ्क्रमित छन्। बिहीवार स्पेनमा २४ घण्टाभित्रै ९५० जना मानिसहरूले ज्यान गुमाएका थिए।

उक्त सङ्ख्या एकै दिनमा कुनै पनि देशमा भएको सङ्क्रमितको अहिलेसम्मकै उच्च मृत्यु हो। अहिले त्यहाँ पुष्टि भएका सङ्क्रमितहरू एक लाख १२ हजारभन्दा धेरै पुगेका छन्। अधिकारीहरूले भाइरस अहिले उच्च विन्दूतर्फ पुग्न लागेको बताउँदै त्यो केही दिनपछि कम हुँदै जाने अपेक्षा गरेका छन्।

संक्रमणबाट अमेरिकामा ६ हजार ७५, इटालीमा १३ हजार ९ सय १५, स्पेनमा १० हजार ३ सय ४८, फ्रान्समा ५ हजार ३ सय ३८, इरानमा ३ हजार १ सय ६० को मृत्यु भईसकेको छ । 

प्रकाशित मिति: ०८:१७ बजे, शुक्रबार, चैत २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्