ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन
गच्छदार राष्ट्रिय सभा निर्वाचनको अघिल्लो दिन गत माघ १० गते विराटनगरको एक होटलमा लडेर बेहोस बनेका थिए।
काठमाडौं, असार ३ : मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको सोमबार निधन भएको छ।
गच्छदारको ५६ बर्षको उमेरमा निधन भएको हो। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका थिए।
गच्छदार राष्ट्रिय सभा निर्वाचनको अघिल्लो दिन गत माघ १० गते विराटनगरको एक होटलमा लडेर बेहोस बनेका थिए।
मृतक गच्छदारको मंगलबार अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ।
प्रकाशित मिति: १६:४५ बजे, सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार