इन्धन अभावले अस्तव्यस्त काठमाडौं [फोटो फिचर]
आइतबारदेखि ढुवानीकर्ताहरु विभिन्न मागसहित आन्दोलित भएपछि उपत्यकासहित देशभरको पेट्रोलियम पदार्थ वितरण प्रणालीमा समस्या आएको हो।काठमाडौं, असार ३ : पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरू आन्दोलित हुँदा पेट्रोलियम वितरणमा समस्या आएको छ। काठमाडौं उपत्यकाभित्रका अधिकांश पम्प क्षेत्र दिनभर अस्तव्यस्त भएका छन्।
आइतबारदेखि ढुवानीकर्ताहरु विभिन्न मागसहित आन्दोलित भएपछि उपत्यकासहित देशभरको पेट्रोलियम पदार्थ वितरण प्रणालीमा समस्या आएको हो।
नेपाल पेट्रोलियम ट्याकंर चालक संघले सरकारसमक्ष विभिन्न ७ बुँदे माग राख्दै देशभरका १८ सयभन्दा बढी चालक आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन्।
काठमाडौं उपत्यकामा रहेका प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीले संचालन गरेको पम्प एवम साझा पेट्रोल पम्पमा इन्धन भर्नेको लाइनले गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियाे।
निजी क्षेत्रबाट संचालित पम्पहरु भने दिनभर बन्द रहेका थिए। सोमबार अपरान्ह सरकार र ट्याक्कर मजदुरहरुबीच सहमति भइसकेको छ।
प्रकाशित मिति: १६:०४ बजे, सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शालीनदीमा स्वस्थानीकाे माहाेल [फाेटाे फिचर]सोमबार, पुस २९, २०८१
‘सम्पत्ति शुद्धीकरणको मुद्दामा मसहित सबै दलका शीर्ष नेतामाथि छानविन होस्’बिहीबार, पुस २५, २०८१
अन्तिम चरणमा पुगेको नागढुंगा-नौबिसे सुरूङमार्ग आकाशबाट हेर्दा [फोटो फिचर]बुधबार, पुस २४, २०८१
ओलीको प्रतिवेदन: प्रचण्डको चर्को आलोचना, कांग्रेसप्रति नरमआइतबार, पुस २१, २०८१