Kathmandu Press

संसदका कर्मचारीहरुले उठाएका माग सम्बोधन गर्न सहमति

सोमबार सभामुखसहित दलका प्रमुख सचेतकहरुसँग भएको छलफलपश्चात उनले कर्मचारीहरुले उठाएका मागहरु न्यायोचित रहेको भन्दै पूराना नियमहरु समय सान्दर्भिक रुपमा संशोधन गर्नका लागि सरकार सकारात्मक रहेको बताए।
संसदका कर्मचारीहरुले उठाएका माग सम्बोधन गर्न सहमति

काठमाडौं, असार ३ : नेकपा एमालेका प्रमुख सेचतक महेश बर्तौलाले संसदमा कार्यरत कर्मचारीहरुको साझा युनियनले प्रस्तुत गरेका मागहरुलाई सम्बोधन गर्न सबैको सहमति भएको बताएका छन्।

सोमबार सभामुखसहित दलका प्रमुख सचेतकहरुसँग भएको छलफलपश्चात उनले कर्मचारीहरुले उठाएका मागहरु न्यायोचित रहेको भन्दै पूराना नियमहरु समय सान्दर्भिक रुपमा संशोधन गर्नका लागि सरकार सकारात्मक रहेको बताए।

Hardik ivf

‘बैठकको निर्णय कर्मचारीहरुले उठाएका न्यायोचित मागहरु पूरा गर्नुपर्छ । मागहरु पूरा गर्नको लागि सरकारले आवश्यक बजेटहरुको विनियोजन गर्नुपर्ने अवस्था छ । धेरै पुराना नियमहरु आजको समयका लागि सान्दर्भिक छैनन्, ती विषयहरु पनि समयानुकुल गर्नको लागि सरकार सकारात्मक हुनुपर्छ,’ उनले भने, ‘हामी सकारात्मक छौं र अर्थमन्त्रीलगायतसँग भोलि नै छलफल गर्ने साथै कर्मचारीलाई आन्दोलनको तहमा पुग्ने अवस्था नबनाउने कुरामा हाम्रो छलफल भयो।’

उनले कर्मचारी युनियनले संसदभित्रका सेवासँग र विकाससँग जोडिएका ११ बँदे माग लिएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको भन्दै कार्यक्रमहरु फिर्ता लिनको लागि बैठक बसेको बताए।

संसदको नियमित गर्नुपर्ने कामको लागि बजेट व्यवस्थापन हुन नसक्दा पनि यस्तो समस्या आएको हो कि भनेर यसतर्फ छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित मिति: १५:४९ बजे, सोमबार, असार ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्